अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला , १५ जना रिहा

बिआरटीनेपाल २०७५ फागुन २२ गते ८:४२ मा प्रकाशित

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको भएको छ । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । थारुले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने बताईएको छ ।

मधेसी–थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । वारेस मार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलालली सामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ ग्रहण गरेका थिए । सपथपछि पनि चौधरी डिल्ली बजारस्थित कारागारमा छन् । अदालतको यो फैसला संगै कैदमा रहँदासम्म चौधरकिो सांसद पद स्वतः खारेज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू