अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २१ गते ४:१३ मा प्रकाशित

पोखरामा मंगलबार भएको प्याराग्लाइडिङ दुर्घटनामा पुनः एक जनाको मृत्यु छ । प्याराग्लाइडिङ गर्नेक्रममा सराङकोटमा खसेर एकजनाको ज्यान गएको हो । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा प्यराग्लाईडर रसियन नागरिक डिमी डिभिलको ज्यान गएको हो ।

घाइते अवस्थामा रहेका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । पोखरामा पछिल्लोपटक आफुखुशी प्याराग्लाइडिङ गर्नेको संख्या बढेको छ । जसले गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

पोखरामा आइतबार मात्र ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो । यसैगरी सोमवार एक प्याराग्लाईडर रुखमा अल्झेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू