अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

“म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन” –  पाकिस्तानी प्रधानमन्त्री इमरान खान

बिआरटीनेपाल २०७५ फागुन २० गते ३:५९ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताउनुभएको छ । सोमबार एक ट्वीट गर्दै इमरानले आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने खालको काम नगरेको बताउनुभएको हो ।

प्रधानमन्त्री खानले लेख्नुभएको छ , “म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन । जसले कस्मिर जनताको इच्छाअनुसार त्यहाँको विवाद समाधान गरेर यो क्षेत्रमा शान्ति र मानव विकासको मार्ग प्रशस्त गर्ने मान्छे नै नोबेल शान्ति पुरस्कारको हकदार हुन्छ” ।

पछिल्लो समय भारतले पाकिस्तानमा बम खसालेपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो । पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको बमवारीपछि पाकिस्तानले पनि भारत प्रशासित कस्मिर जवाफी हवाइ हमला गरेको थियो ।

त्यसपछि भएको भीडन्तमा पाकिस्तानले एक जना भारतीय सेनाका पाइलटमा नियन्त्रणमा लिएको थियो । फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि सुरू भएको यी दुई परमाणु राष्ट्रको तनाव पाइलट अभिन्नदन वर्तमान पाकिस्तानी नियन्त्रणमा परेपछि झनै चुलिने अनुमान गरिएको थियो ।

आमअनुमान विपरित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप आफ्नो सेनाको नियन्त्रणमा रहेका पाइलट भारतलाई बुझाइदिनुभएको थियो । त्यसपछि कतिपयले खानको तारिफ गर्दै यस वर्षको नोबेल शान्ति पुरस्कार इमरानले पाउनु पर्ने आवाज उठाएका थिए। आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिलाउन पाकिस्तानीहरूले अनलाइन अभियान नै चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू