अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

प्यारासुटबाट टुँडिखेलमा हामफाल्ने क्रममा सैनिक जवान घाइते

बिआरटीनेपाल २०७५ फागुन २० गते १:२८ मा प्रकाशित

नेपाली सेना दिवसको अवसरमा देखाइएको प्रदर्शनका क्रममा एक जना नेपाली सेना घाइते भएका छन् । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने क्रममा दुर्घटना हुँदा एक जना घाइते भएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिनुभयो ।

घाइते हुनेमा हुद्दा पूर्णबहादुर खत्री रहेका छन् । उनको अवस्था गम्भीर रहेको ढकालले बताउनुभयो । खत्रीलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको छ ।

सैनिक मञ्च टुँडिखेलमा परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू