अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

सिटौला समूहले नेविसंघ कब्जा गर्ने, अलग कार्यसमिति बनाउने

बिआरटीनेपाल २०७५ फागुन १९ गते २१:५४ मा प्रकाशित

काठमाडौँ, नेपाली काङ्ग्रेसभित्र अलग पहिचान बनाइसकेको कृष्णप्रसाद सिटौला नेतृत्वको कान्छो समूहले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)मा कार्यसमिति बनाउने सङ्केत गरेको छ । यो समाचार दैनिक नेपालमा प्रकाशित भएको छ ।

काँग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने गृहकार्य थालेको हो । सिटौलाले आफू निकट विद्यार्थी नेताहरूलाई आफ्नै निवासमा बोलाएर नेविसंघ कब्जाको रणनीति सुनाएको स्रोतले जनाएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरेपछि रिसाएको सिटौला समूहले नेविसंघ र काङ्ग्रेसभित्र बखेडा गर्दै आएको आरोप छ । नैनसिंह महरको असक्षमताका कारण नेविसंघको महाविधेशन अनिश्चित भएपछि काँग्रेसले हस्तक्षेप गरेको थियो ।

नेविसंघको नेतृत्व र नयाँ कार्यसमिति गठन गर्नका लागि काँग्रेसको कार्यसमितिले सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ । देउवाले अझैसम्म कार्यसमिति बनाएका छैनन् । तर, सिटौला समूहले नेविसंघमा आफ्नो वर्चस्व देखाउन भित्रभित्रै तयारी गरेको हो । ३२ वर्षे उमेर हद लागू गरेपछि कुन्दनराज काफ्लेलाई नेविसंघको अध्यक्ष बन्ने बाटो बन्द भएको छ । अध्यक्ष बन्ने बाटो बन्द भएपछि काफ्लेले नेविसंघभित्र उत्पात मच्चाउँदै आएका छन् । यति मात्रै होइन काफ्ले समूहले केही विद्यार्थीलाई पार्टी कार्यालय सानेपामा पठाएर शीर्ष नेताहरूमाथि अभद्र व्यवहार गर्न लगाएको आरोप छ । काफ्ले समूहका कारण सानेपामा झडपको अवस्था समेत आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू