अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

खड्काको फिक्का फिक्का युट्युबमा

बिआरटीनेपाल २०७५ फागुन १९ गते २१:४९ मा प्रकाशित

कोलोराडो । गीत तथा ग़ज़लकार दिल खड्काको ‘दिल आभास’ गीति एलबमको ‘फिक्का फिक्का….’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । सङ्गीतकार दीपक जङ्गमको उत्कृष्ट सङ्गीत तथा निशा देशारको मिठो स्वर रहेको यस गीतको एरेन्ज भने विष्णु अधिकारीले गर्नु भएको हो ।

मीठा शब्दको सँगालो साथै गीतको एउटा अर्थपूर्ण भिडियो पनि निर्माण गरिएको छ । गीतकार खड्काकै परिकल्पनामा म्युजिक भिडियो तयार गरिएको हो । भिडियोमा नायिका केकी अधिकारी र जीवन भट्टराईले अभिनय गर्नुभएको छ भने बुद्ध थापाको छायाङ्कन रहेको भिडियोको निर्देशन भने निकेश खड्काले गर्नु भएको छ ।

यस गीतमा जीवनका हरेक मोडमा आउने फिक्का पना, उदासिनता, नैराश्यता आदि प्रस्ट झल्किने भएकाले भिडियोमा गीतको शब्दहरूलाई जीवित तुल्याउने प्रयास गरिएको छ । भिडियोमा सधैँ झैँ देखिँदै/हेर्दै आएको खाली संयोग/वियोग, प्रेम/धोका नभई नेपाली समाजमा आजभोलि हुने कन्या भ्रुणहत्यालाई मुख्य विषय बनाइएको छ । घरमा छोरी-छोरीको मात्र जन्म हुने हुँदा परिवारमा कस्तो परिस्थिति सृजना हु्न्छ ? एउटा बाबुले कतिसम्म गिर्न सक्छ ? भने यो अवस्थामा एउटा नारी/आमालाई कतिसम्म फिक्कापन ल्याइदिन्छ भन्ने देखाइएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू