अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

सामाजिक सञ्जाल बन्द गर्ने हल्ला भ्रामक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

बिआरटीनेपाल २०७५ फागुन १९ गते ७:१९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट फेसबुक लगायतका सञ्जालहरु पूर्ण रुपमा बन्द गर्नेजस्ता भ्रमपूर्ण पोष्ट गरिएकोले त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तो गलत पोष्ट गर्नेहरुमाथि कारबाहीको प्रक्रिया शुरु गरिएको भन्दै मन्त्रालयले भ्रमपूर्ण सूचना पोष्ट गर्ने, रिपोष्ट गर्ने तथा लाइक नगर्न र गरेको भए हटाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू