अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

हार्दिक श्रद्धाञ्जली

बिआरटीनेपाल २०७५ फागुन १८ गते ०:११ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङ छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महा निर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुव भोछिभया, प्रधानमन्त्री ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको दुखद निधन भएकोमा बिआरटी नेपाल डट कम परिवार सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । 

गत बुधवार पाथीभरा मन्दिर दर्शन गरेर फर्केन क्रममा मन्दिरबाट १ किलोमिटर टाढा हेलिकप्टर दुर्घटनामा सबैजनाको निधन भएको थियो । उक्त निधन भएको खबरले हामी सबैलाई मर्माहत तुल्याएको छ । यस दुखद घडीमा निधन हुने सबैको आत्माको चिर शान्तिको कामना सहित यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछौ ।

बिआरटी नेपाल डट कम परिवार
कोलोराडो, अमेरिका

 

मन्त्री अधिकारीका जुलाई २०१६ मा अमेरिकाको एटलान्टामा ए एन ए कन्भेसनको बेला शैलेश पोखरेलद्वारा लिएका तस्बिरहरू ।

प्रतिक्रिया