अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

पाकिस्तानले रिहा गरेका भारतीय सैनिकले भने– भारतीय मिडिया बढाई चढाई गरेर कुप्रचार गर्छन्

बिआरटीनेपाल २०७५ फागुन १७ गते २३:४५ मा प्रकाशित

काठमाडौँ, पाकिस्तानले शुक्रवार राती रिहा गरेका भारतीय वायु सेनाका लडाकु अभिनन्दन वर्तमानले भारतीय मिडियाले बढाई चढाई गरी समाचार दिने गरेको बताएका छन् । भारत आउनुअघि पाकिस्तानमा तयार पारिएको एउटा भिडियो सन्देशमा उनले यसो भनेका हुन् । उनले ‘भारतीय मिडियाको बहकावमा जनता पर्ने गरेको’ बताएका छन् ।

यद्यपि, उक्त भिडियो इडिट गरेर तयार पारिएको आशङ्का गरिएको छ । उनले पाकिस्तानी सेना व्यावसायिक र सहयोगी भएको पनि बताएका छन् । पाकिस्तान क्षेत्रमा आतङ्कवादी क्याम्पमा हमला गर्नका लागि छिराइएको विमानलाई पाकिस्तानी सेनाल झारेको थियो । अभिनन्दन सोही विमानका चालक थिए । घाइते अवस्थामा नियन्त्रणमा लिइएका उनलाई उपचार गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको घोषणामुताबिक उनलाई भारतको जिम्मा लगाइएको थियो । पाकिस्तान र भारतको पन्जाब राज्यको बाघा सीमाबाट उनी भारत प्रस्थान गराइएका थिए । दैनिक नेपालबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू