अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

शोकाकुल परिवारजनलाई नेकपा अध्यक्ष प्रचण्डद्वारा समवेदना प्रकट

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:३४ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।

दिवंगत मन्त्री अधिकारीका शोकाकुल बुवा, आमा र पत्नीलाई भेट गर्न प्रचण्ड बिहीबार बिहान पुलचोकस्थित मन्त्रीनिवास जानुभएको थियो । उहाँले सिंगो पार्टी र मुलुक नै यतिबेला शोकमा रहेको भन्दै मन्त्री अधिकारीका परिवारजनलाई धैर्य धारण गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सोही दुर्घटनामा मृत्यु भएका व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालको परिवारसँग पनि भेट गरी समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू