अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा आर्मी र थ्रिस्टारवीच प्रतिष्पर्धा हुने

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:२९ मा प्रकाशित

१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि होडका लागि नेपाल आर्मीको त्रिभुवन क्लब र थ्रि स्टार क्लबवीच प्रतिस्पर्धा हुने भएको छ । विहीबार सम्पन्न सेमीफाइनलमा क्यामरुनको दाउफिन्स फेमिली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले थ्रि स्टारसँग उपाधि होडका लागि भेट पक्का गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा पहिलो हाफको १३ औं मिनेटमा आर्मीका ३२ नं. जर्सीका दिपक गुरुङको पासमा २२ नं. का टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक गोल बनेको थियो । आर्मीका दिपक गुरुङ म्यान अफ दि म्याच बने । यसअघि सिमरा गोल्ड कपमा पनि थ्रि स्टार क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब सिमरा गोल्ड कप फाइनलमा पनि आमने सामने भएका थिए । उक्त खेल सडेन डेथमा थ्रि स्टारले जितेको थियो ।

खेलमा दाउफिन्सका डेम्बा ओवुनाले विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए भने दाउफिन्सका अन्य ६ खेलाडीले पहेंलो कार्ड पाएका थिए । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो ।

प्रतिक्रिया