अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयद्धारा पुष्टि, खराव मौसमका कारण दुर्घटना भएको जानकारी

बिआरटीनेपाल २०७५ फागुन १५ गते ८:३४ मा प्रकाशित

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टी गरेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले घटनास्थलमा पुगेको प्रहरीले सातै शव फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार शवहरूमध्ये मन्त्री अधिकारी र उहाँका सुरक्षा गार्डको शव चिन्न सकिने अवस्थामा भेटिएको थियो भने बाँकी पाँच जनाको शव चिन्न नसक्ने अवस्थामा रहेका थिए ।

प्रवक्ता सुवेदीका अनुसार पाथिभरा मन्दिर दर्शन गरेर फर्केन क्रममा मन्दिरबाट १ किलोमिटर टाढा हेलिकोप्टर दुर्घटना भएको हो । खराब मौसमका कारण दुर्घटना भएको गृहले बताएको छ । प्रवक्ता सुवेदीका अनुसार शव ल्याउन नेपाली सेनाको एमआई १७ सहित २ हेलिकप्टर र एयर डाइनास्टी र सिम्रिक एयरका हेलिकोप्टर परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू