अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

जम्मू–कश्मीरको पुलवामा प्रकरण, पाकिस्तानबाट जवाफी कारबाही सुरु

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:५५ मा प्रकाशित

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा भएको आक्रमणपछि पाकिस्तानले भारतविरुद्ध जवाफी कारवाही सुरु गरेको छ । भारतले मंगलबार पाकिस्तानको भूमिमा प्रवेश गरेर आक्रमण गरेपछि पाकिस्तानले जवाफी कारवाही गरेको हो ।

मंगलबार पाकिस्तानले भारतले आफ्नो देशको स्वाभिमानमा धावा बोलेको भन्दै जम्मू कश्मीरका अंखुर, नाउसेरा र कृष्ण घाटी क्षेत्रमा आक्रमण सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । यसअघि पाकिस्तानका विदेशमन्त्री शाह मोहमुद कुरेसीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताउनुभएको थियो ।

यस्तै पाकिस्तानको सुरक्षा परिषद्को आपत्तकालिन बैठक बोलाएर प्रधानमन्त्री इमरान खानले भारतको बालाकोट आसपासमा रहेको कथित आतंक शिवरलाई नष्ट गर्न आदेश दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू