अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

इरानका विदेशमन्त्री जवाद जरिफ द्वारा आकस्मिक राजीनामा

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:४४ मा प्रकाशित

इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रुपमा राजीनामा दिनुभएको छ । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजिनामाका क्रममा उहाँले सरकारबाट आफ्नो कार्यकालमा भएका गल्तीको माफीसमेत माग्नुभएको छ ।

जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तर पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौता रद्द भएको घोषणा गर्नुभएको थियो । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बन्नुभएको थियो ।

यसअघि संयुक्त राष्ट्र संघमा इरानको राजदूत रहेर काम गरिरहेका जरिफले आफ्नो राजीनामा पत्रमा इरानी नागरिक र प्रशासनलाई शुभकामना दिनुभएको छ । उहाँले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाउनुभएको छैन । अमेरिकाले इरानसँग गरेको परमाणु सम्झौता रद्द गरेपछि जरिफ इरानको कट्टरपन्थीको निशानामा पर्नुभएको थियो । सम्झौतापछि इरानले आफ्ना परमाणु कार्यक्रमलाई सीमित राख्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू