अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

अन्तर्राष्ट्रिय अदालतद्वारा चागोस टापुलाई मुक्त गर्न बेलायतलाई निर्देशन

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:४१ मा प्रकाशित

अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो ।

तर यसअघि सन् १९६५ मै बेलायतले मोरिससबाट चागोस टापुलाई अलग गरेको घोषणा गरेको थियो । मोरिससले १८ औं शताब्दीदेखि नै यो टापुमा आफ्नो अधिकार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो ।

उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै बेलायतले १९६५ मा सो टापु हडपेको आरोप लगाएको थियो । अदालतले चागोस टापु मोरिससबाट वैध तवरले अलग नभएको फैसला गरेको हो । बेलायतले सो टापुलाई अलग भएको घोषणा गर्नु गैरकानुनी भएको अदालतको ठहर छ । अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश अब्दुलकवी अहमद युसुफले यो टापुबाट आफ्नो शासन तत्काल हटाउनु बेलायतको कर्तव्य भएको बताउनुभयो ।

मोरिसस सरकारले अघिल्लो वर्ष सुनुवाईका क्रममा चागोस टापुलाई जबरजस्ती बेलायतले हडपेको बताएको थियो । बेलायतले भने यस विषयमा सुनुवाई गर्नु अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार नभएको जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू