अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

राजेश हमालले भुवन केसीलाई बुवा भन्दै हात जोडेपछि अनमोलको यस्तो प्रतिक्रिया

बिआरटीनेपाल २०७५ फागुन १३ गते २३:४७ मा प्रकाशित

महानायक राजेश हमाल, भुवन केसी, अनमोल केसी, नायिका निरुता सिंह एक साथ मिडियामा आएर अन्तर्वार्ता दिएका छन् । सम्भवतः पहिलो पटक हुनुपर्छ महानायक राजेश हमाल र सदाबहार अभिनेता भुवन केसीले एक साथ अन्तर्वार्ता दिएका । अन्तर्वातामा साथ दिएका छन् पछिल्ला पुस्ताका हट केक अभिनेता अनमोल केसी र अभिनेत्री निरुता सिंहले । यो अवसर जुटाएको हो महानायक राजेश हमालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम को बन्छ करोडपतिले । फागुन १७ गते प्रदर्शनमा आउन लागेको सिनेमा क्याप्टेनको प्रचार प्रसारको लागि राजेश हमालको सो मा पुगेका केसीका बाउ छोराले राजेश हमालसँग खेल खेलेका छन् । 

खेल खेलेसँगै उनीहरूले सामूहिक अन्तर्वार्ता दिएका हुन् । अन्तर्वाताको क्रममा राजेश हमाललाई भुवन केसीले आफ्नो छोरो अनमोल जस्तै छोरा जन्माएर सिनेमा उद्योगमा नयाँ पुस्ता दिन आग्रह गरे। राजेशले यसकुरालाई ठट्टा गर्दै भर्खर अनमोल र आफू उत्रा उत्रै भएको र भुवन केसी आफ्नो बाउ भएको बताए । उनी हात जोड्दै भुवनलाई भन्छन्, भुवन बुबा, नाति जन्माउनका लागि म दिनरात खटी राखेको छु । एक पल पनि मिस गरेको छैन ।  निकै रमाइला शैलीमा प्रस्तुत भएका राजेशको जोक्समा अनमोल केसी र निरुता सिंह निकै हासेका थिए। अन्तर्वातामा अनमोल केसीले राजेश हमाललाई के भने त ? हेर्नुहोस् अन्तर्वार्ता

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू