अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

डिसीमा रामप्रसाद खनाल र प्रेमराजा महतले गाउने, कोमल वली नाच्ने

बिआरटीनेपाल
Warning: Undefined variable $d in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 270
२०७५ फागुन १३ गते २२:५४ मा प्रकाशित

अमेरिका, अमेरिकाको वाशिङटन डिसी स्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ कविता कृति ” मुर्दाहरूको बस्ती ” र ” रामप्रसाद खनालका सदाबहार गीतहरू एक साथ विमोचन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ लोक तथा दोहोरी गायिका कोमल बलि, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्की, आयरल्यान्ड र पेन्सल्भिनियाका लागि महाबाणिज्यदूत एवम् वरिष्ठ लोक तथा दोहोरी गायक प्रेमराजा महत, पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, वरिष्ठ लोक गायक नवीन खड्का र खनाल पत्नी तीर्थ पौडेलले दुवै कृतिहरू सामूहिक रूपमा विमोचन गर्नुभयो ।

अमेरिकामा बसोबास गर्ने कलाकारहरू, समाजसेवीहरू, नेपाललाई माया गर्ने अमेरिकीहरू, नेपाली सङ्घ संस्थाका प्रमुखहरूको उपस्थितिमा उक्त दुई कृतिहरू विमोचन गरिएको थियो ।

कार्यक्रममा राजदूत कार्की, सांसद ओली, पूर्व अमेरिकी राजदूत डेलिसी, महाबाणिज्यदूत महत, वरिष्ठ लोकगायक खड्का आदिले मन्तव्य पनि व्यक्त गर्नुभएको थियो । राजदूतावासले सांसद वलीको स्वागत कार्यक्रम र कार्यक्रमको अन्त्यमा नेपाली मैत्री भोज समेत आयोजना गरेको थियो ।

कार्यक्रममा अतिथि गायिका बलि, गायकहरू महत, खड्का, खनाल, तिमील्सेनाले गीतहरू गाउनुभएको थियो भने नवीन केसी, लुना श्रेष्ठ, सुस्मा खनाल लगायतका केही कलाकारहरूको नाच पनि प्रस्तुत गरिएको थियो । गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफू पनि नाच्दै र अरूलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि ।

कविता कृति “मुर्दाहरूको बस्ती” खनालको सत्रौँ पुस्तक र दोस्रो कविता सङ्ग्रह हो भने “रामप्रसाद खनालका सदाबहार गीतहरू” खनालको ४७ औँ एलबम हो । यस अघि नै खनालले एक हजार दुई सय भन्दा बढी गीत लेखन एवम् गायन गरिसकेका छन् भने खनालले एक हजार भन्दा बढी कविता, गजल र मुक्तकहरू लेखन एवम् प्रकाशन गरिसकेका छन् ।

खनालको नयाँ कविता कृति “मुर्दाहरूको बस्ती” दुई सय पेजको छ जसमा राष्ट्र, राष्ट्रियता, बर्तमानको नेपालसँग सम्बन्धित कविताहरू समावेश छन् भने ‘रामप्रसाद खनालका सदाबहार गीतहरू’ जसमा एघार वटा लोक गीत, लोक भजन, पञ्चेबाजा, आधुनिक गीत लगायतका गीत समावेश गरिएको छ ।

खनालले गत वर्ष प्रकाशन गरेको तिन सय पेज रहेको कविता कृति ‘देश हराएको मान्छे’ पाठकहरूले अत्यन्त रुचाएका थिए । उक्त कृतिको दोस्रो संस्करण अहिले बजारमा छ भने खनालका गीत सङ्गीत कर्णप्रिय, लोकप्रिय पनि छन् भन्छन् उनका दर्शक र श्रोताहरू ।

नेपालको लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको लागि त्यसै गरी देश विदेश जहाँ रहँदा पनि खनालले नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पुर्‍याएको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ । खनाल मात्र होइन खनालका शिष्यहरू पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुनुले खनालको योगदान कति छ भन्ने कुरा पुष्टि हुन्छ भन्छन् उनका दर्शक र श्रोताहरू । सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष खनालले गीत सङ्गीत र पत्रकारितामा आफ्नी सहयात्री एवम् अतिथि कोमल ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने अतिथि बलिले सुस्मा खनाल र अर्की नयाँ प्रतिभालाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो भने ।

wp_link_pages(array('before' => '', 'pagelink' => '%'))?>
प्रतिक्रिया

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/sites/15a/0/0967b38d73/public_html/wp-includes/functions.php on line 6170

सम्बन्धित सामग्रीहरू

लोकप्रिय