अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

कृषिमा प्रविधी र यान्त्रिकरणको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाई

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउनु पर्ने बताउनुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज गरेको “वर्तमान अवस्था र भावी सोच” बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसङ्ख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । हाम्रो देशको लागि यति ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसङ्ख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताउनुभयो । नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू