अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार आर.सी पन्तका प्रतिबद्धताहरू

बिआरटीनेपाल २०७५ फागुन ११ गते १३:३६ मा प्रकाशित

आपतकालिन कोषको हालको $६,३०० लाई वृद्धि गरी कम्तीमा $३०,००० पुर्‍याउने छु ।

कोलोराडोको सदस्य सङ्ख्यालाई पारदर्शी बनाई चुनावी नम्बर मात्र नहुनेगरि कम्तीमा १,५०० व्यक्तिलाई सङ्गठनमा आबद्ध गराउने छु ।

कोलोराडोको २३ वटै नेपाली संघसस्थालाई राज्य सरकार र सङ्घीय सरकार स्तरको सहयोग हरू कसरी उपलब्ध गराउन सकिन्छ भनी सबैको जानकारीको लागि सरकारी स्तरमा समन्वय गरी कम्तीमा ४ वटा कार्यशाला सञ्चालन गर्नेछु ।

NRN को सञ्जाललाई भरपुर समन्वय गरी कोलोराडो राज्य सरकार अनि स्थानीय सरकार सँगको पहलमा विगत वर्ष देखि छलफलमा रहेको नेपालीहरूको सामुदायिक भवन निर्माणको लागी पहल गर्ने छु ।

नेपालको संविधानले प्दान गरेको नागरिकता सम्बन्धी अधिकार बारे NRN केन्द्रीय स्तर र ICC स्तर मार्फत कोलोराडो राज्यमा भएका स्थनानिय समस्याहरूलाई पहिचान गरी सम्बन्धित ठाउँमा पुर्‍याउने व्यक्तिगत र सामूहिक पहल गर्ने छु ।

कोलोराडो राज्यमा बसोबास गर्नुहुने नेपाली युवाहरूको योग्यता र क्षमता अनुसारको रोजगारी सङ्घीय (Federal) तथा राज्य (State) सरकार भित्र कसरी प्राप्त गर्न सकिन्छ सो बारे विज्ञहरूसँग भेटघाट गराई, कार्यशाला गोष्ठी गराई कार्यन्वयन गर्ने पहल गर्ने छु ।

कोलोराडो राज्य सरकारको नियम कानुनले दिएको फ्री हेल्थ केयर, अध्यागमन र कर सम्बन्धित नियम बुझ्न र त्यसको कार्यन्नयन गर्न इच्छुक नेपालीमूलका महानुभावहरूलाई क्षमता अभिवृद्धि गर्ने गराउने छु ।

नेपाल स्थित सरकारी विश्वबिध्धालय, कलेज तथा विध्धालयका शिक्षक तथा विद्यार्थी हरूको कोलोराडो राज्यमा रहेका सामुदायिक कलेज, तथा विशविध्धलयमा शैक्षिक आदानप्रदान भ्रमणको लागि पहल गर्ने छु ।

NRNA केन्द्रसँग समन्वय गरी नेपालमा लगानी भित्राउन व्यक्तित्व, समूह, सङ्घसंस्था र लगानीको क्षेत्र पहिचान गर्न गराउनको लागि प्रयासरत रहन्छु ।

प्रविधिमूलक शिक्षा (Career and Technical Education) र पेसाको लागि आवश्यक शैक्षिक योग्यता प्राप्त गराउन कोलोराडोका सम्बन्धित सामुदायिक कलेजहरूमा समन्वय गरी नेपाली दाजुभाइ दिदी बहिनीहरूको रोजगार मूलक सिपको लागि सम्बन्धित क्षेत्रमा पहल गर्ने छु ।

अन्त्यमा, NRN कोलोराडो च्याप्टरमा गरिने कुनै पनि औपचारिक कार्यक्रमहरूमा नेपालको राजनीतिक दल र त्यसका भातृसंगठनको सम्मान, प्रचारबाजि, भाषण, खादा थाप्ने र लगाउने प्रवृत्तिलाई परिव्रतन गरी त्यसको सट्टामा अमेरिकामा रहेका नेपाली युवाहरूको सफलताको कथा र उनीहरूले हाम्रो समुदायमा पुर्‍याएको योगदानको पहिचान गरी अबका दोस्रो र तेस्रो पुस्तालाई प्रोत्साहन हुने मात्र काम गरिने प्रतिबद्धता गर्दछु ।

धन्यवाद,
आर.सी पन्त
एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू