अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

तेश्रो संस्करणको डिपीएलको उपाधि सिआईबी अत्तरियालाई, महेन्द्रनगर युनाईटेड उप–बिजेता

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:३९ मा प्रकाशित

सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले आज शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा आफ्ना विदेशी खेलाडी सन्नी पट्ठेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरियाले १ सय २४ रनको विजयी लक्ष्य १ बल बाँकी छँदा ७ विकेट खर्चेर पार गरेको थियो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ्ग गरेको शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडले पुरा ओभर खेल्दै १ सय २३ रनको स्कोर बनाउन सफल रह्यो । सिवाईसी अत्तरीया पहिलो पटक डिपीयल क्रिकेटको फाईनलमा पुगेको थियो । जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू