अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

नेपालबाट संसारले समावेशिताको पाठ सिक्नुपर्छ: बेलायती मन्त्री वर्ड

बिआरटीनेपाल २०७५ फागुन १० गते २३:१८ मा प्रकाशित

लन्डन, बेलायत भ्रमणमा रहनु भएका अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपालमा अन्तर्राष्टिÇय लगानी भित्रयाउन बेलायत पुग्नुभएका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गर्नुभएको हो । 

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशिताले पूर्ण अभ्यास भएको रहेको स्पष्ट पार्नुभयो । संसद्मा ९० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको सङ्घीय संरचना विश्वमा उदाहरणीय भएको स्पष्ट पार्नुभयो । नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एकतिहाई भन्दाबढी प्रतिनिधित्व भएको उहाँले बताउनुभयो । भेटमा लर्डले नेपालबाट संसारले समावेशिताको विषय सिक्नुपर्ने बताउनुभयो ।

भेटमा लर्डले खतिवडासँग मुलुक सङ्घीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको भनुभव समेत सुनाउनुभयो । भेटमा वेडले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले पुनर्निर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको निर्माण कार्य तीव्र रूपमा अघि बढेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले बेलायत नेपालको पहिलो कूटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबिचको सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा समेत गर्नुभयो । मन्त्री खतिवडाले मन्त्री वेर्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू