अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

एन आर एन ए उम्मेदवारी र निर्वाचन सन्दर्भ

ईश्वरी भट्ट २०७५ फागुन १० गते २२:५० मा प्रकाशित

सर्व प्रथमतः: धन्यवाद छ हालको कार्यसमितिलाई ।

हुन त सामाजिक सञ्जालमा हालको कमिटीको बारेमा विविध कोणबाट विविध कुराहरू राखेको पाइयो। कतिपय सकारात्मक भए पनि धेरै नकारात्मक तागत पछारेको पाइयो। हुन सक्छ काम गर्नेको ऑफ्नै कुरा हुन्छ। हुन त कुरा गर्न सजिलो हुन्छ तर काम गर्न गाह्रो हुन्छ। मुण्ड मुण्ड बुद्धि कुण्ड कुण्ड पानी भने झै हामीले ऑ-ऑफ्ना मागलहरू गॉयौं। हामीलाई थाहा हुनु पर्छ की कसैले कुनै पहाड उठाउने हैन, आकाश खसाउने हैन र पाताल पुग्ने कुरा हुँदैन। अनि हामीले छानेका प्रतिनिधिहरूले कसैका घरको चुलोमा आगो वालि दिने पनि होइन। बुझेका सबैले छौँ र बुझ पचाएर पनि कुरा गर्छौँ। मलाइ लाग्छ जसले हाल कार्य समितिमा बसेर काम गर्नु भएको छ उहॉहरू निक्कै खट्नु भएको छ। घर परिवार काम काजलाई एकातिर पन्छाएर संस्था र यसको उद्देश्य परि पुर्तिकालागि हदै सम्म मेहनत गर्नु भएको छ ।

यहॉका सामाजिक कार्यक्रममा जहॉ पनि पुग्नु भएको छ। अत्यन्त आवश्यक कुराहरू उठाउनु भएको छ । कार्य समितिको कामलाई सकेसम्म पारदर्शी वानाउदै संस्थाको विकासमा लागि पर्नु भएको छ। दोहोरो नागरिकताको सवालमा यहॉबाट नेपाल सम्म पुगी राष्ट्र पति, प्रधान मन्त्री देखि जनता सम्म कुरा राखेर ऑउनु भएको छ। त्यसै गरी हालको अत्यधिक अमेरिकावासीहरूको ताजा समस्या दोहोरो कर प्रणालीको बारेमा एक रूपमा आवाज उठाइ रहनु भएको छ। टी पी यसका सवालहरू उठाउनु भएको छ। ऑफ्ना बैठकहरूका निर्णयहरू सबै सदस्यहरूसमक्ष पुर्‍याउन कोसिस गर्नु भएको छ। हामी चउन्नी सदस्य सम्म नहुने र हुन नचाहनेहरूलाई पनि उपलब्धिहरूका समान हकदार बनाइ रहनु भएको छ। निर्वाचन निष्पक्ष र धॉदली रहित बनाउन सदस्य ऑफैले सदस्य भएको दर्रों प्रमाणकालागि प्रत्येक सदस्यको फोटो र आइडी कार्ड राखेर फर्म भर्न कार्य नीति ल्याइ लागु गर्नु भयो ।

त्यसै गरी सदस्यता प्रमाणीकरण समिति, जॉचवुझ सुपरिवे़ण समिति, आइटी विभाग, निर्वाचन आयोग बनाइ विविध जिम्मेवारी लिई रातो दिन खट्नु भएको छ। यो मानेमा सकारात्मक आलोचना हुनु पर्छ भन्ने मलाइ लाग्दछ र म सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिन चाहन्छु। यहॉहरूको धारणा कुनै व्यक्ति विशेषमा नलागी यो निर्वाचनको कार्य सरल र सहज रूपमा सम्पन्न गर्ने हो जो कार्य समितिमा आए पनि त्यो एन आर एन ए को नेतृत्व हो भनेर जानु पर्दछ । स्वतन्त्र र निष्पक्ष निर्वाचन गराइ ऑफ्नो कार्य सम्पादन गर्नु हुन पनि सविनय अनुरोध छ ।

हो, अमेरिकामा यतिखेर गैर आवासीय नेपाली अमेरिकनहरूको एक मात्र छाता सङ्गठन एनआरएनएको निर्वाचन प्रयोजनको लागि सदस्य बन्ने काम पुरा भई उम्मेदवारी घोषणाको क्रम र निर्वाचन कमिटीले निर्वाचन तालिका बनाउने क्रममा छ । यसै बिच सामाजिक सञ्जालहरूमा आ-आफ्नो चाहना अनुसारको पोस्टहरूमा ऑफूलाइ काम गर्ने चाहना भएको वतॉउदै देश भरिका विभिन्न ठॉउहरूबाट विभिन्न व्यक्तिहरूले ऑफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारिछ । ऑउदो कार्यकालको लागि काम गर्न कम्मर कसेर लाग्ने वाचा सहित आ-ऑफ्नो घोषणा पत्रहरू निकाल्दै जाने क्रम पनि जारी छ । उमेदवारहरूसंग जित्ने र हार्नेको सवाल छ भने सक्रिय सदस्यहरूको ऑफूले यसबाट के फाइदा पाइन्छ वा के काम छ यसको सदस्य बनेर भन्ने सवाल छ ।

पहिलो सवालमा जो जे जुन जहॉबाट जुन सुकै पदमा उठे पनि ‘नेपाल र नेपालीकालागि काम गर्ने हो भन्ने’ सेवाको भावनाले संस्थामा लाग्ने हो कुनै लोभानि पापानि विना काम गर्छु भनी निस्स्वार्थ भावले आउनु पर्दछ । यसरी आउने उमेरवादहरू कुनै पनि रङ्ग भेद, जाती भेद र राजनैतिक कुण्ठा भन्दा बाहिर रहेर ऑउनु पर्दछ । जसका सवालका विषयहरू यहॉ रहेका नेपालीहरूका सुख दुखको साथी बन्ने र ऑफ्नो मात्रृभूमीको भलाइ र कल्याणकोलागि काम गर्ने हुनु पर्दछ। यस्तो भावना बाट आउने मान्छेहरू यो वा त्यो तराजुमा नजोखी ऑउनु पर्दछ र मतदाताहरूले पनि ऑफ्नो अमूल्य मतको सही व्यक्ति छानेर सही सदुपयोग गर्नु पर्दछ। नकी कसैको भड्काव र बहकावमालागि असल व्यक्तिले पराजय भोगी वहानावाजिहरूको हातमा कामको जिम्मा सुम्प्यौं भने हामी मतदाताहरूको पनि भूल हुन सक्छ र संस्था कामकाजी हुनुको सॉटो संस्थामा सुधार ऑउनु को सॉटो, गफ गरी खानेहरूको भट्टी बन्छ र हामीले पछि पछुताउनु वा कुरा काट्नुको कुनै अर्थ रहँदैन।

हो, अझै गर्न बॉकी छ र धेरै गर्न बॉकी छ। ती बॉकी कामहरू पुरा गर्न र अझै संस्थालाई व्यवस्थित गर्न हामीले पनि सबल र सक्षम व्यक्तित्वहरू चुनेर एन आर एन अमेरिकालाई दुवै देशका सरकारहरूले मान्यता दिएको सबल संस्था बनाउन हामी सबै लाग्नु पर्छ। काम गर्ने वेलामा अल्छी गर्ने र खाने वेलामा ठुलो भाग खोज्यौँ भने त कहॉबाट हुन्छ र ?

बोल्ने लेख्ने सबैलाई अधिकार हुन्छ तर म कति आधिकारिक छु भन्ने सवाल पनि उठाउन ज़रूरत छ। हामी यहॉ सबल र सक्षम हुँदा हुँदै पनि हाम्रो गिरवी मनःस्थिति हामी सँगै आएकोले ऑफ्नै संस्थाको विष डलर रकम तिरेर सदस्य बनी रहेका छैनौँ। त्यति मात्र हैन सदस्य नबन्न आग्ग्रह पनि गरिरहेछौँ। अनि हामी ऑफूलाइ सबै भन्दा वुझ्रक र बुद्धिमान् ठॉनि रहेोछौं।अझ यति सम्म कि अदालत जाने सम्मका कुरा बजारमा छरी रहेछौँ। नेपालबाट बाहिर गएको दुई वर्ष पुगेका सबै एन आर एन हुन र यसको एक मात्र संस्था अमेरिकामा एन आर एन ए हो। त्यो संस्थाको सदस्य नवनेर यहॉ बस्ने नेपालीहरू कसको सदस्य बन्ने त ? सदस्य बन्ने प्रावधान एक आधिकारिक संस्थाले बनाएको हो र यसमा प्रश्न उठाउनु उप बुज्रुक हुनु मात्र हो। त्यसैले यस पटक सदस्य नहुनु भए पनि संस्थाको आगामी आव्हानमा सबै सदस्य बनी ऑफ्ना सवालहरू राख्दै संस्थाको सबल विकासकोलागि हामी सबै लागि परौँ यो मेरो हार्दिक आग्रह र अनुरोध छ। तीन लाखको हाराहारी मा रहेका हामी नेपालीहरू दस हजार मात्रै सदस्य बन्नु राम्रो कुरा होइन । यो हाम्रो एक मात्र सही साझा संस्था हो र यसको हामी सबै मालिक हौ। यसमा हाम्रो अधिकार र कर्तव्य दुवै मिसियको छ। पुर्वज अभियन्ताहरूले जुन रूपमा, जुन अवस्थामा, जति जनाले यस संस्थाको थालनी गर्नु भयो हामीले स्राहना गर्नु पर्छ र फेरी पनि सबै अग्रजहरूमा नमन: ।

अव सवाल निर्वाचनमा होमिने उमेरवादहरूको
हामीले देखि रहेछौँ यो संस्थाको नेतृत्व गर्छु भन्नेहरू पारखी हुनुहुन्छ । अनुभव भएका व्यक्तित्वहरू हुनु हुन्छ । जो कोही जुनसुकै पदमा रहेर काम गर्नु भएको भएता पनि कोही कम देखिनु हुन्न । यहॉ आँ-आफ्नो सोचमा सबै हाइट पुर्यायर आएका छन् त्यसैले होचो अग्लो भन्न मिल्दैन । तर सबै व्यक्ति एउटै र उस्तै हुँदैनन् देख्ने, रोज्ने र छान्नेहरूका आँखामा । सवाल हाम्रो पनि साझा हुनु पर्दछ ।

प्रिय मित्र उमेदवारज्यूहरू,
कृपया तपॉइहरू सल्लाह गरेर सर्व सम्मत भएर ऑउनुस। अमेरिकामा रहेको सङ्गठनमा सबैको एकावध्यता देखाऔँ। सबैले मिलेर काम गरौँ । सर्व सम्मत रूपमा एन आर एन अमेरिका गठन गरेर विश्वमा एक नमुना प्रदर्शन गरौँ । के लुटी खानु छ र यो र उ भनेर ऑउने ? तपॉइको यो निर्वाचनमा हुने समय र लगानी यो संस्थाकोलागि र मातृभूमिकोलागि खर्च गर्नुहोस् । हार्दिक विनम्र अनुरोध । होइन भने आगामी तीन चार महिना जनताको यी सवालहरूसँग तपॉइहरू कथित हुनु हुने छ ।

१. के तपॉइ यो संस्थालाई सबैको साझा र सबैको मॉझ पुर्‍याउन लागि पर्नु हुन्छ? हुन्छ भने तपॉइ अहिले कुनै लबी, राजनीति र वर्गबाट उत्प्रेरित हुनु हुन्छ कि हुन्न- ऑफूलाइ एक पटक फर्केर हेर्नुस्।

२. दोहोरो नागरिकताको विषयमा यस अघि तपॉइले के गर्नु भयो र अबको तपॉइको योजना के छ ?

३. दोहोरो कर प्रणालीले न्यून र मध्यम वर्ग पीडित छन्। ऑफ्नो बाउ बाजेको दुखको कमाइ ऑफ्नो दैनिक जिजिविसाकोलागि ल्याउन खोज्दा उता तीस र यता तीस प्रातिशात तिरे पछि बॉकी चालिस प्रतिशत मात्र हात पर्ने कारणले ऑफ्नो वित्त व्यापार र दैनिक व्यवहार चलाउन वाधा परेको छ । यो समस्या समाधानकोलागि केही सोच्नु भएको छ ? छ भने समाधानको उपाय के ? तपॉइबाट यसको लागि के पहल हुन सक्छ ?

४. तपॉइ, पद, पैसा र रबाफको लागि यो संस्था रोज्दै हुनुहुन्छ कि कर्मठ सेवाको लागि ? यदि पहिलो सवाल तपॉइको प्राथमिकतामा पर्छ भने आजै हात धुनुस्, चुपचाप ऑफ्नो काम गरेर खानुस् हैन सेवाको लागि हो भने तपॉइको कार्य योजना के ? र यो चुनावी कार्य योजना मात्र नभएर तपॉइको विजय पछि पनि लागु गर्न सक्नु हुन्छ ?

५. यहाँ रहेका नेपालीहरू र आफ्नो मात्रिभूमीकोलागि तपाइको केही फरक र विशेष सोच छ?

यस्तै गहन प्रश्नको थुप्रो हामीमा छ र हामी सबैको कल्याण मिलेर जानुमा छ । फेरी पनि साथीहरू मिल्नुस् मिलेर आऊनुस, न भए सोच्छ प्रजातान्त्रिक परिपाटी र सभ्य व्यवहार सहित याहाहरुलाइ हाम्रो माझ पाइयोस् । मेरोलागि जित्ने हार्ने नभएर विजेता र उप विजेताको रूपमा यहाँहरूलाई स्विकार्नेछु । धन्यवाद ।

 

ईश्वरी भट्ट
न्यूह्यामसायर, अमेरिका ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू