अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

नक्सालमा शंकास्पद कालो झोलामा बम भेटियो, सेनाले गर्‍यो निस्कृय

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:२३ मा प्रकाशित

नक्सालमा भेटिएको शंकास्पद वस्तु बम भएको खुलेको छ। अज्ञात व्यक्तिले कालो झोलामा बम राखेको र उक्त वस्तुलाई सेनाले निस्कृय पारेको छ।  शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो। नक्सालको आँगन मिठाइ पसल अगाडि शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु बम भएको सेनाले जनाएको छ।

शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टिम उक्त स्थानमा गएको थियो। नेपाली सेनाका प्रवक्ता यमप्रसाद ढकालका अनुसार बमलाई नेपाली सेनाको बम डिस्पोजल टिमले निस्कृय पारेको हो।  राजधानीकै ललितपुरस्थित नक्खुमा रहेको एनसेल टावरमा बम विस्फोट भएको थियो। विस्फोटमा तीनजना घाइते भएका थिए भने एकजनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू