अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

ललितपुर नख्खुमा एनसेल टावरनजिकै बम विस्फोट, तीन जना घाइते

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:२० मा प्रकाशित

ललितपुर नक्खुमा बम विस्फोट भएको छ । ललितपुर प्रहरी परिसरका अनुसार नख्खुमा रहेको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको टावरअगाडि विस्फोट भएको हो। शुक्रबार साँझ ८ बजेतिर भएको विस्फोटमा तीन जना घाइते भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिनुभयो । घाईतेमध्ये एक वालकको अवस्था गम्भिर रहेको छ ।

घाइतेलाई उपचारका लागि ललितपुर जावलाखेलमा रहेको अल्का अस्पताल लगिएको छ। विस्फोट कसले गराएको भन्ने पनि नखुलेको प्रहरीले बताएको छ। एसएसपी धानुकले विस्फोट गराउने व्यक्ति वा समूह के हो भन्ने एकिन नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू