अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

एकजुट भए ४ वर्षपछि कांग्रेस बहुमतको ठूलो पार्टी हुन्छ – नेता कोइराला

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:१६ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए ४ वर्षपछि बहुमतसहित ठूलो पार्टी बन्ने दावी गर्नुभएको छ । नेपाली कांग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिद्वारा तनहुँको बन्दीपुरमा शुक्रबार आयोजित सभा तथा प्रशिक्षण उक्त कुरा बताउनुभएको हो । ‘एमाले र माओवादी बीचको भएको एकताले मात्रै कांग्रेस हारेको हैन, हामी बीचको एकता नहुँदा हार व्योहोर्नु परेको हो’ डा. कोइराला भन्नुभयो– ‘एउटाले टिकट पाउँछ अर्कोले हराउन लाग्ने प्रवृत्तिले गर्दा यस्तो दुर्दशा पार्टीले भोग्नु परेको हो।’ कांग्रेसको भविष्य अत्यन्त राम्रो भएकाले पार्टी बलियो बनाउन आफ्नो तिक्तता मिटाउनुपर्ने महामन्त्री कोइरालाको जोड थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लगाउनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले ठूला– ठूला कुरा गर्ने सरकारले निर्मला हत्याकाण्ड जस्ता घटनाले सरकारले शान्ति कायम गर्न नसकेको, महँगी बढेको, वाइडबढी लगायतको काण्डलगायत भ्रष्टाचार बढेको, जन चाहनाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएकोले सरकारको दुर्गतिकोे कथा लेख्न शुरु भएको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई एउटा निर्वाचन हारेर डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू