अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

समृद्धि नै शहीदका सपना हुन् – प्रचण्ड

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:०७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशमा आर्थिक समृद्धि नआएसम्म शहीदका सपना पूरा नहुने बताउनुभएको छ । वर्तमान सरकारले आर्थिक समृद्धिका आधार तयार पारिरहेको भन्दै प्रचण्डले शहीदले देखेको सपना जस्तो देश बनाउने बाटोमा नेकपा लागेको बताउनुभयो ।

शुक्रबार बागलुङको ताराखोला गाउँपालिकामा ४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले दुई ठूला कम्युनिस्ट पार्टीको एकताको टुंगो लाग्नु र आर्थिक समृद्धिका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत हुनुले सहीदका सपना पूरा हुनेमा आशंका नरहेको दाबी गर्नुभयो । समृद्धिका लागि आवश्यक पूर्वाधार र कानुनको निर्माणलाईसमेत प्राथमिकतामा राखेर काम भइरहेको प्रचण्डको दाबी थियो । अध्यक्ष प्रचण्डले समृद्धिका लागि निर्माण गरेका कानुनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वन्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य गरेको प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू