अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

नेपाल र अष्ट्रियाबीच दुईपक्षीय सम्झौता, अस्ट्रियाले नेपालको व्यापार, लगानी, प्रविधि हस्तान्तरणमा सघाउने

बिआरटीनेपाल २०७५ फागुन १० गते ९:०३ मा प्रकाशित

नेपाल र अष्ट्रियाबीच व्यापार, लगानी, दीगो विकास, उर्जा, वातावरण, प्रतिआतंकवाद, प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्झौता भएको छ । यस्तै केपी ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कार्यान्वयका लागि अष्ट्रियाले सहयोगको आश्वासन दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको सरकारी टोली र नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी विदेसमामिला मन्त्री करिन कनसेलको प्रतिनिधिमण्डलबीच शुक्रबार भएको दुईपक्षीय वार्तामा त्यस्तो समझदारी बनेको हो । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी महिना हुने लगानी सम्मेलन र सरकारले लिएको भिजिट नेपाल २०२० को सफल कार्यान्वयका लागि अष्ट्रिया र नेपालबीच संभावित सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । त्यस्तै ज्ञवालीले संयुक्त राष्ट्रसंघ जस्ता मञ्चहरुमा सहकार्यलाई निरन्तरता दिने सहमति समेत नेपाल र अष्ट्रियबीच भएको बताउनुभयो ।

नेपाल र अष्ट्रियबीचको सहकार्यले ६० वर्ष पूरा गरेको अवसरमा परराष्ट्रमन्त्रालय र परराष्ट्र मामिला केन्द्रको सयुक्त आयोजनामा हुन लागेको कार्यक्रमलाई विशेष संवोधन गर्ने योजना सहित बिहीबार नेपाल आउनुभएका अष्ट्रियाकी विदेश मामिला मन्त्री करिनको प्रतिनिधिमन्डलले होटल याक एण्ड यतीमा सरकारी टोलीसँग छलफल गरेको थियो।

छलफलमा नेपाल र अष्ट्रियाको सम्बन्ध र दुई पक्षीय साझेदारीलाई थप सुदृढ पार्ने विषयमा समेत समिक्षा भएको बताईएको छ । दुई पक्षीय छलफल लगत्तै करिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेटवार्ता समेत गर्नुभएको छ । शुक्रबार साझै नै आयोजित “नेपाल अष्ट्रियाको सहकार्यको ६० वर्षः उर्जा, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय परिवेश” विषयक कार्यक्रमलाई करिनले सम्बोधन गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका करिन शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू