अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलको बैठक जनकपुरधाममा शुरु

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:४० मा प्रकाशित

प्रदेश २ सरकारको समिक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको छ । अध्यक्ष मण्डलको बैठक प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न बैठक बसेको हो ।

संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार रहेको प्रदेश २ मा राजपाले ३ मन्त्रालय पाएको छ । प्रदेश, पार्टी, संगठन र प्रदेश सरकारको विकासका लागि राजपा अध्यक्ष मण्डल र प्रदेशका मन्त्रीबीच बैठक शुरु भएको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

केन्द्रीय समितिले आयोजना गरेको बैठक जनकपुरधाममा ३ दिनसम्म चल्ने बताइएको छ । बैठकमा राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्यहरु सहभागी छन् । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव सहभागी हुनुहुन्छ । बैठकमा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी भने अनुपस्थित रहनुभएको छ । पहिलो सत्रको बैठकमा अनुपस्थित भण्डारी दोश्रो सत्रमा सहभागि हुने जनाइएको छ ।

बैठकमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू