अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

भारतमा नेपाली टोलीको शानदार जित, त्रिपुरा ८–० ले पराजित

बिआरटीनेपाल २०७५ फागुन ९ गते ९:०० मा प्रकाशित

भारतको गुवाहाटीमा जारी २१ वर्षमुनिको ‘डा. तालिमेरेन टीओ फुटबल च्याम्पियनसिप’ फुटबलको दोस्रो खेलमा नेपाली टोलीले शानदार प्रदर्शन गरेको छ । बिहीबार नेपालको एन्फा–११ टोलीले त्रिपुरा फुटबल टोलीलाई ८–० को फराकिलो अन्तरले हराएको हो ।

खेलमा अभिषेक रिजाल एक्लैले ४ गोल गरे । त्यसैगरी, प्रेजन तामाङले २ तथा रेजिन सुब्बा र धीरज श्रेष्ठले १र१ गोल गरे । बुधबार पहिलो खेलमा भने एन्फा टोली मेघालयसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोलीले शनिबार मणिपुरसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू