अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

उत्तर कोरियासितको बैठकप्रति ट्रम्प आशावादी

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले वार्ताकाबारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो ।

‘यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन । तरपनि मलाई लाग्छ, त्यो बैठक सफल हुनेछ’–ट्रम्पले भन्नुभएको छ । उहाँले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेकोभन्दा अझै सुधार आउने धारणा राख्नुभयो ।

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उहाँले ब्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताउनुभयो ।

अमेरिकाले वास्तविकरुपमा उत्तर कोरियाको नाकाबन्दी हटाउन चाहेको तरपनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्णरुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू