अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन जेल सजाय

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:५२ मा प्रकाशित

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू