अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:५१ मा प्रकाशित

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल थाईल्याण्डसँग पराजित भएको छ । आज भएको लिग चरणको दोस्रो खेलमा नेपाली टिम थाईल्याण्डसँग ५७रनले पराजित भएको हो । १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । आजको पराजयसँगै छनोटको विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

जितसँगै थाईल्याण्डले भने दुई खेलबाट ४ अङ्क जोडेको छ । समान खेलबाट नेपालको मात्र २ अङक छ । पहिलो खेलमा नेपालले मलेसियलाई ७० रनले पराजित गरेको थियो ।

प्रतिक्रिया