अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

नेपाल–बंगलादेश व्यापार घाटा घटाउन छलफल

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:४१ मा प्रकाशित

नेपाल र बंगलादेश संगको व्यापार घाटा घटाउन नेपाली उद्योगहरुको अवस्था, अवसर र चुनौती बारे विराटनगरमा छलफल गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल भारत क्षेत्रिय व्यापार तथा पारवहन आयोजना तथा मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको सो अन्तक्र्रिया कार्यक्रममा बंगलादेशसँग सन् २०१३ सम्म आयात निर्यातको अवस्था समान रहेकोमा त्यसपछि वर्षेनी बढ्न थालेको र अहिले व्यापार घाटा दोब्बर पुग्न लागेकोमा चिन्ता व्यक्त गरिएको थियो ।

सहभागी उद्योगी व्यवसायीहरुले नेपालमै उत्पादन हुने वस्तु समेत बंगलादेशबाट आयात गरिएका कारण व्यापार घाटा बढ्दै गएको बताएका थिए । सो कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयका सहसचिव रविशंकर सैंजुले सार्क मुलुकका देशहरुसँग व्यापार तथा वाणिज्य सन्धी बारे पूनरावलोकन गर्न लागिएकोले आयात निर्यातको अवस्था, नेपाली उद्योगीको चाहना लगायत बारे छलफल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् साउतीका अध्यक्ष डा. पोषराज पाण्डेले बंगलादेशसँग व्यापार तथा वाणिज्य सन्धी गर्दा भन्सार दरसँगै गैर भन्सार दर बारे पनि छलफल गर्न सुझाव दिनुभयो । बंगलादेशबाट आर्थिक वर्ष ०७४÷७५ मा ४ अरब ३७ करोड रुपैयाको सामान र वस्तु आयात भएकोमा १ अरब ९ करोड रुपैयाको वस्तु मात्र निर्यात भएको थियो ।

प्रतिक्रिया