अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

नेपालीहरु अपराध र भ्रष्टाचारतिर उन्मुख भएको देख्दा दुःख लाग्छ – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु अपराध र भ्रष्टाचारतिर उन्मुख भएको देख्दा आफू दुःखी हेको बताउनुभएको छ । काठमाडौं, दहचोकमा आयोजित इन्द्रदह पर्यटन महोत्सवको बिहीबार उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

त्यसक्रममा दहचोकको इन्द्रसरोवरमा निर्माण गरिएको राष्ट्रिय विभूति काजी कालु पाण्डेको पूर्णकदको सालिकको पनि प्रधानमन्त्रीले अनावरण गर्नुभयो । यस्तै, सोही स्थानमा निर्माण गरिने ५ तल्ले भ्यू टावरको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्थानीय २५ जनालाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू