अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 12:35

डीपीएल महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:३२ मा प्रकाशित

महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । आज भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर्समा प्रवेश गरेको हो ।

शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेनन्ससँग प्रतिस्पर्धा गर्नेछ ।भोलिको खेलमा जित्ने टोलीले पर्सि हुने फाइनलमा सिवाईसी अत्तरियासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्र्नगरले दिएको १ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू