अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

आहा ! रारा गोल्डकप फुटवल– आयोजक साहारा उद्घाटन खेलबाटै बाहिरियो

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:३१ मा प्रकाशित

आयोजक सहारा क्लब आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाटै बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनमा सहारा सशस्त्र प्रहरीको एपीएफ क्लबसित ‘सडनडेथ’मा ५–४ ले पराजित भएको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा पनि निर्णय हुन नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । यसअघि, खेलको १७ औं मिनेटमा सहाराका विनोद गुरुङले गोल गरेकामा त्यसको एक मिनेटपछि नै सशस्त्रका आशिष लामाले बराबरी गोल गरेका थिए । जितसँगै सशस्त्र क्वार्टरफाइनलमा पुगेको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले ८ लाख १ हजार तथा उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू