अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

बंगलादेशको रासायनिक गोदाममा भीषण आगलागी, कम्तीमा ७८ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:३० मा प्रकाशित

बंगलादेशको एक रासायनिक गोदाम भएको पुरानो भवनमा आगलागी हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । बंगलादेशको राजधानी ढाकामा रहेको एक पुरानो भवनमा भएको रसायनिक गोदाममा भएको आगलागीमा उनीहरुको ज्यान गएको हो ।

बंगलादेशका फायर ब्रिगेडका प्रमुख अलि अहमदका अनुसार आगलागीमा परी मृत्यु भएका ७८ जनाको शव निकालिएको र त्यहाँ अझै धेरै रहेको हुनसक्ने जनाइएको छ । उनीहरूको खोजी जारी रहेको बताईएको छ । उक्त भवनमा सिलिण्डर विस्फोट भएर आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

त्यहाँ कति मानिस थिए भन्ने अझै एकिन नभएको अधिकारीहरुले जनाएका छन् । सन् २०१० मा पनि एक रासायनिय गोदाममा आगलागी हुँदा १२० भन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू