अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

लेखा समितिको सरकारप्रति असन्तुष्टि

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:२८ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकार उदासीन भएको भन्दै असन्तुष्टि जनाएको छ । बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले खरिद प्रक्रियामा व्यापक घोटाला भएको र घोटालामा संलग्नहरुलाई कारबाहीका लागि समितिले सिफारिस गरेपनि सरकारले आवश्यक कदम नचालेको भन्दै असन्तुष्टि जनाएको हो ।

समितिका अधिकांश सदस्यहरुले समितिका महत्वपूर्ण निर्णयहरु एकपछि अर्को गर्दै सरकार र सम्बन्धित निकायले कार्यान्वयनमा चासो नदेखाएको भन्दै निर्णयहरु कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने धारणा राखेका छन् ।

यसैबीच, बिहीबार समितिले सार्वजनिक खरिद ऐनबारे निर्माण व्यवसायीसँग छलफल समेत गरेको छ । छलफलमा सहभागी निर्माण व्यवसायीहरुले मौजुदा सार्वजनिक खरिद ऐन ‘सानालाई ऐन र ठूलालाई चैन’जस्तो भएको भन्दै तत्काल संशोधन गर्न आग्रह गरेका थिए ।

यसैगरी लेखा समितिमा दूरसन्चार फ्रिक्वेन्सी वितरण, गुठी जग्गा हिनामिना, तारागाउँ विकास समितिको सेयर, फोरजी टेन्डर अनियमितता र नेपाल वायुसेवा निगमको जहाज मर्मतलगायतका विषयमा उजुरी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू