अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

नेकपाको बैठकमा कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने बिषयमा विवाद

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:२१ मा प्रकाशित

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा साङ्गठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलले एकताको बाँकी काम सक्न र अन्तिम प्रतिवेदन तयार गर्न एक हप्ताको समय माग गरेको छ । कार्यदलले मागेको समय अन्तर्गत म्याद थप्ने वा नथप्ने भन्ने बिषयमा पार्टी सचिवालय बैठकमा विवाद भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेको नेताहरूले बताएका छन् । बहुमत सदस्य भने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा रहेको बताइएको छ ।

सचिवालय र कार्यदल सदस्यहरूको आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि कार्यदल विघटनको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ । कार्यदलका अधिकांश सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका थिए ।

भोलि फेरि छलफल गर्नेगरी आजको बैठक सकिएको छ । पार्टी एकीकरणको बाँकी काम टुङ्गोमा पु¥याउन एक साताको समय माग गरिएको कार्यदल सदस्य नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू