अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

डा. गोविन्द केसीको फेरि अनशन बस्ने चेतावनी

बिआरटीनेपाल २०७५ फागुन ८ गते ९:०९ मा प्रकाशित

विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका आओएमका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चतावनी दिनुभएको छ । चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिनुभएको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले तीनबुदे माग अघि सार्नुभएको छ । उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमा हाम्रो गम्भीर आपत्ति रहेको छ। नागरिकले देशमा व्याप्त दण्डहीनता, कुशासनविरुद्ध लगायतका विभिन्न विषयमा सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवारी बनाउँदै आइरहेका छन्। हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुनबाट वञ्चित गर्नुका साथै वाक् स्वतन्त्रताबाट समेत वञ्चित हुने देखिन्छ । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन ।’

यस्तै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्नुसमेत माग राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू