अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

आईएससँग बिहे गर्न सिरिया पुगेकी किशोरीको नागरिकता बेलायतद्वारा रद्द

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:५८ मा प्रकाशित

बेलायतले चार वर्षअघि इस्लामिक अतिवादी समूह ‘आईएस’का लडाकुसँग बिहे गर्न सिरिया पुगेकी किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ । चार वर्षअघि १५ वर्षकै उमेरमा उनी सिरिया गएको बताइन्छ । उनको आमाबुवा बंगलादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको बेलायती अधिकारीहरूले जनाएका छन् ।

बेगमलाई केही अघि एउटा सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो । आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरालाई जन्म दिएकी थिइन् ।

यसअघि उनले दुई बच्चा गुमाइसकेकी छन् । उनको श्रीमान् इस्लाम अपनाएका एक डच नागरिक हुन् । उनले दुई साताअगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको ठानिएको छ । शमिमाले आफूसँग बंगलादेशको राहदानी नभएको र कहिल्यै बंगलादेश नगएको बताइन् । क्यानडा पुगेपछि उनले पुनर्जन्म भएजस्तो बताउँदै आफ्ना आमाबुवा बंगलादेशी भएकाले आफु राज्यविहीन नहुने तर्क गरेकी थिइन् । तर उनको परिवारले सरकारी निर्णयलाई कानुनी चुनौती दिने ठानिएको छ ।

बंगलादेशले भने यस विषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन । बेगमको नवजात शिशुको हकमा कानुनअनुसार नागरिकताबाट बञ्चित गरिनुअघि बेलायती अभिभावकको कोखबाट जन्मिएकाहरूलाई बेलायती नै मानिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू