अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

नेपालमा गएको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनको सम्मान

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:५६ मा प्रकाशित

नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ । स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ सम्मान प्रदान गरेको हो । उक्त सम्मान नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले राहत तथा उद्धारमा निर्वाह गरेको भूमिकाका लागि दिइएको बताइएको छ ।

भूकम्पपछि ७१ स्पेनिस नागरिकलाई सकुशल उद्धार गरी स्वदेश फर्काउन भारतले सहयोग गरेको स्पेनको भनाइ छ । भूकम्पलगत्तै भारतले ‘अपरेशन मैत्री’ अन्तर्गत नेपालमा राहत र उद्धार गरेको भन्दै स्पेनले सम्मान गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू