अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

सिआईबी अत्तरिया डीपिएलको फाईनलमा प्रवेश

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:४० मा प्रकाशित

दिपेन्द्र सिहं ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।

यो संगै अत्तरिया पहिलो पटक डीपीएलको फाइनलमा पुगेको छ । अब अत्तरियाले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासंग खेल्नेछ । काठमाडौंले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको बिजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ ।

भोली हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । बिजेताले शुक्रबार फाइनल प्रवेशका लागि काठमाडौंसंग खेल्नेछ ।

प्रतिक्रिया