अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

नक्कली नोट बनाउने मेसिन सहित पोखरामा २ जना पक्राउ

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३८ मा प्रकाशित

पोखरामा नक्कली नोट बनाउने र विभिन्न पसलमा सामान खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २२ गते पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा रहेको गुरुङ किराना पसलमा रिचार्ज कार्ड किनेर १००० को नक्कली नोट दिएर ९०० फिर्ता लगेको थाहा भएपछि अनुसन्धान थालेकामा फागुन ६ मा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग १४ प २५४ नं को डुक मोटरसाइकल प्रयोग गरी १ युवा र युवती ले ठगी गरिहेको सूचना प्राप्त भएपछि अनुसन्धान थालेको कास्की प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ३३ बस्ने प्रेमबहादुर तामाङ र सोही महानगरपालिका वडा नं. १ बस्ने सरस्वती बलामी पक्राउ परेको प्रहरीले जानाकारी दिएको छ ।

दुवै जनालाई पोखरा महानगरपालिका बडा नं ५ प्रस्याङ स्थित डेरा कोठामा बसी नक्कली नोट बनाईरहेकै अबस्थामा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ल्यापटप, कलर प्रिन्टर, मोवाइल, कैची, कटर, पेपर र नगद १ लाख २८ हजार ४ सय ३० र भारतीय १ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । यसका साथै नक्कली नोट १९ थान समेत बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू