अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

शान्ति–सुरक्षा सुदृढ बनाउन सरकार सफल भएको गृहमन्त्री थापाको दाबी

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले शान्ति–सुरक्षा सुदृढ बनाउन सरकार सफल भएको दाबी गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले ९५ प्रतिशत अपराधीलाई कानुनी कठघरामा ल्याएको र कतिपय घटनामा अझै सफल हुन नसकेपनि प्रयास जारी रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डको दोषीलाई कानुनी कठघरामा ल्याउन निरन्तर प्रयास भइरहेको दाहोर्याउनुभयो । घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।

जवाफमा गृहमन्त्रीले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने उल्लेख गर्नुभयो । धादिङमा प्रहरीले समातेको ४ किलो सुन काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको गृहमन्त्रीको भनाइ छ । तस्करीको साढे ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको गृहमन्त्री थापाको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू