अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

नेपाल पत्रकार महासंघ विधान अधिवेशनको तयारी पुरा

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३४ मा प्रकाशित

पोखरामा फागुन ९ र १० गते हुने नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा पोखरा सभागृहमा हुने साधारणसभाको उद्घाटन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गर्नुहुने बताइएको छ ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको हो । देश भरबाट १ हजार ४ सय केन्द्रीय सभासदहरु कार्यक्रममा सहभागी हुने महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उहाँले साधारणसभाले साना र स्वरोजगार मूलक सञ्चारमाध्यमको संरक्षण, केन्द्र, प्रदेश र जिल्ला शाखा समेतको निर्वाचन प्रत्यक्ष गर्ने लगायतका एजेण्डामा छलफल हुने बताउनुभयो । प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा सघर्ष गर्ने उहाँको भनाई छ । पत्रकारले आन्तरिक रुपमा पस्केका समाचार सामग्रीको बारेमा स्वनियमन गर्नुपर्ने आचार्यले सुझाव दिनुभयो ।

अधिवेशनको लागि पोखरामा पर्यटकीय स्तरीय होटलका करिब ६ सय ५० रुममा व्यबस्थापन भइसकेको छ । कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरु गठन गरी व्यवस्थापन गरिएको महासंघ कास्की शाखाले जनाएको छ ।

साधारणसभाको पूर्व सन्ध्यामा बिहीबार पोखरामा सृजनाचोकबाट नौमती बाजागाँजा सहित झाँकी प्रर्दशन गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिने महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू