अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

प्रधानमन्त्रीद्धारा सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन– निर्मला पन्त प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको अपमान

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताउनुभएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी दाहोर्याउदै  प्रधानमन्त्रीले उक्त प्रकरणमा गहिरो अनुसन्धान भइरहेको बताउनुभयो । अनुमानका भरमा कसैलाई किटान गर्नु उचित नहुने उल्लेख गर्दै उहाँले सम्पूर्ण प्रमाणहरू नष्ट गरिएकोले अनुसन्धानमा ढिलाइ भएको बताउनुभयो ।

प्रधानमन्त्रीले बुधवार बिहान प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक आवरणमा हुने लुट, चन्दा आतङ्क, विकासमा अवरोध तथा हिंसात्मक गतिविधिमा कडाइका साथ नियन्त्रण गरिने बताउनुभयो । अब राजनीतिक क्रान्तिको बहानामा आतङ्क मच्चाउन नपाईने उहाको भनाई थियो ।

प्रधानमन्त्री ओलीले राजावादीका गतिविधिहरू प्रतिगमनको अभिष्ट बोकेर धर्मका नाममा राजनीति भई रहेको सङ्केत गर्दै धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने कल्पना नगर्न चेतावनी दिनुभयो । वंशका आधारमा राज्यको नेतृत्व गर्ने राजनीतिक व्यवस्थाको जरै उखेलिसकेको प्रधानमन्त्रीको भनाई छ । सुदूरपश्चिममा कायम रहेको छाउपडी परम्परा अन्त्य गर्न मुख्य योजनाका साथ अभियान सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणबारे बोल्दै पशुपति शर्माको गीतलाई जनताले मन नपराएको बताउनुभएको छ । आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले लोकगायक शर्माको नाम नलिइ भन्नुभयो, एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट, लुट केही काम लाग्दैन, लुटेर खा भन्ने खालको, पछि जनताले तिम्रो गीत मन पराएनन् भनेपछि आफै युट्युबटबाट हटाए रे ।’

शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाउनुभएको छ । शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू