अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

भर्जिनियामा गाडी दुर्घटनामा परि दुई नेपाली युवाहरूको मृत्यु

विजय थापा २०७५ फागुन ७ गते २३:१९ मा प्रकाशित

भर्जिनिया, कोलोराडोमा दुई भुटानी नेपालीको मृत्‍यु भएको एक हप्ता पनि नबित्दै गत शनिवार फेब्रुअरी १६ तारिखका दिन फेरी अमेरिकाको भर्जिनियाको राजमार्ग-२८ मा दुर्घटनामा परि दुई युवाहरूको घटनास्थल मै मृत्यु भएको छ ।

विराटनगर निवासी, हाल अमेरिकाको भर्जिनियाको भियनामा बस्दै आएका २८ वर्षीय एन्जिल थापा तथा स्व. थापाका प्रिय मित्र न्यु ह्याम्पशायर घर भई हाल भर्जिनियाको आर्लिंगटन बसोबास गर्ने २९ वर्षीय सुबिद सिंहको निधन भएको हो । स्व सुबिद भर्जिनियामा काम गर्थे भने उनी सेन्ट जेभियर स्कुलका पूर्व छात्र हुन् ।

गत शनिवार फेब्रुअरी १६ मा घटना पछि फेब्रुअरी १९ मङ्गलवारका दिन दाह संस्कारको लागि $२० हजार डलर सम्म गो फन्ड खोलेकोमा अहिले सम्म २३,५४५ डलर सङ्कलन भई सकेको छ । उक्त रकम काल ८ घण्टामा उठेको हो ।

स्व एन्जिल आफ्ना माता पितासँग सँगै भर्जिनियाको भियनामा बस्थे । विराटनगरका मीन ब. गोदार थापा तथा विमला गोदार थापाका ज्येष्ठ सुपुत्र एन्जिल गोदार थापा हुन् । यसै गरी सुबिद सिंहको अभिभावक न्यु ह्याम्पशायरमा बसोबास गर्ने स्व सुबिदका नजदिकका नातेदारले बताएका छन् ।

घटना पछि सामाजिक सञ्जाल मार्फत समवेदना दिने नेपाली समुदायको ओइरो लागेको छ । शनिवार घटना पछि अर्कोको सोमबार अमेरिकाको राष्ट्रपति दिवस भएकोले प्रहरीले मृत्यु परान्त सम्बन्धी विस्तृत जानकारी दिएको छैन । र भोलि सम्म आई पुग्ने नजदिकका नातेदारले बताएका छन् । र दाह संस्कारको गर्ने स्थानको खोजी भई रहेको छ भने छिट्टै प्रहरीले प्रतिवेदन बुझाए पछि निधो गरिने भएको छ ।

असामयिक,अप्रत्याशित र अल्प आयुमा निधन भएको खबरले परिवार, साथीभाइ, नातागोता इष्टमित्र, छर छिमेकीमा ज्यादै दुखित भएका छन् । शोक र पीडामा डुबेका छन् ।

स्व एन्जिल अध्ययन तथा काम पनि गर्थे । गत शनिवार बिहान प्रारम्भिक चरणमा घटनास्थलमा पुगेका प्रहरीले उनीहरूको पहिचान गर्न नसके पछि सहायता गर्न समुदायलाई आग्रह गरेको थियो ।

प्रहरीका अनुसार गत शनिवार बिहान ४:२६ मा गाडी दुर्घटना परेको जनाएका थिए । भर्जिनिया राज्यको २८ राजमार्गको दक्षिण तर्फ निकास हुने म्याक लरेन मार्ग नजिक घटना घटेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार होन्डा सीआरभी कार अत्यधिक द्रुत गतिमा कुदाएको कारण युटिलिटी (बिजुली) को खम्बामा ठोकिएको हो । घटना स्थलमै गाडीमा आगो लागेकोले उनीहरूको सनाखत हुन् मुस्किल परेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । 

DONATION LINK:

https://www.gofundme.com/funeral-expenses-for-subeed-and-anjil?

प्रतिक्रिया