अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

पशुपति माथि खनिए युवा सङ्घका अध्यक्ष: १४ वर्ष जेल बसेका प्रधानमन्त्रीलाई यमराज भन्ने

बिआरटीनेपाल २०७५ फागुन ७ गते ९:१० मा प्रकाशित

युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले पशुपति शर्माको गीतको शब्द प्रति असहमति जनाए पनि शर्मालाई धम्की वा दबाब दिएको भन्ने कुरा गलत भएको बताएका छन् । जनताको अधिकार र लोकतान्त्रकालागि चौध वर्ष जेल बसेको मान्छेलाई यमराज भन्नू गलत भएको उल्लेख गरेका छन् ।

सरकारको चौतर्फी विकास र जनमुखी कारेक्रमबाट आत्तिएका पुँजीवादी वर्गले सर्वहाराको उन्नति हेर्न नचाहेकैले विभिन्न प्रोपोगन्डा गरिरहेको उल्लेख गरेका छन् । वाइड बडी खरिद प्रकरणमा वर्तमान सरकारका मन्त्री दोषी नभएको उल्लेख गर्दै जहाज खरिदमा काङ्ग्रेस सभापति सेरबहादुर देउवा प्रधानमन्त्री र पर्यटन मन्त्री दुवै आफै भएको बेला उनी, उनको धर्म पत्नी र सालोको मिलिभगतमा बदमासी भएको र सरकारले छानबिन गरेर कार्बाही गर्नु पर्ने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू