अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

राष्ट्र दिन प्रतिदिन कमजोर बन्दैछ – पूर्वराजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:५१ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको बताउनुभएको छ । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र भएको बताउनुभयो ।

शाहले आफ्ना जिजुबुबा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्दै आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू